यो संसारमा अचम्म अचम्ममा मानिसहरु छन् । कसै कसैले गर्ने हर्कतले हैरान समे बनाउने गर्छ । सामाजिक संजालमा अहिले एक गर्भवती महिलाको तस्विर भाइरल भइरहेको छ ।
ती महिलाले माहुरीसँग फोटो खिचाएकी छन् । अमेरिकाकी ती ३३ बर्षिय महिलाले अचम्म तरिकाले फोटोशुट गराएकी छन् । ती महिलाले आफ्नो पेट र हातमा माहुरी बसाएर फोटोशुट गराएकी छन् ।
ती महिलाको नाम एमिली मुलर हो । उनी आफ्नो चौथो सन्तानलाई जन्म दिदैछिन् । उनले घाँसकाबीचमा बसेर फोटो खिचाएकी छन् । उनी आफ्नो शरीरमा २० हजार भन्दा बढी माहुरी हुँदा पनि हाँसिरहेकी छन् । एजेन्सी