Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

जाजरकोट ‘कम्युन बस्ती’ मा पहिलो पटक सरकारी सेवा र अधिकारी

by Gatibidhi
१ जेष्ठ २०७६, बुधबार ०९:२९
0
18
VIEWS
Share on FacebookShare on Twitter

जाजरकोट : कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ। गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलगायतको सरकारी टोली लुहादह, जुनिचाँदेलगायतका ठाउँ पुगेर सञ्चालन भएको शिविरमा ६४२ ले नागरिकता लिएका छन्। गाउँपालिकाको समन्वय र जिल्ला प्रशासन कार्यालयद्वारा सञ्चालन गरिएको एकीकृत बृहत् घुम्ती शिविरमा नागरिकता वितरण गरिएको हो।

उक्त एकीकृत घुम्ती शिविरबाट ६५० जनाले फोटोसहितको मतदाता नामावली दर्ता गराएका छन्। शिविरमा एक हजार ९३६ भेडा-बाख्रा, २३३ गाई-गोरु, १६१ भैँसी-राँगो, १० कुकुर र २५ घोडा-खच्चड गरी जम्मा दुई हजार ३७६ वटा पशुचौपायलाई विभिन्न रोगको खोप लगाइएको छ। त्यस्तै ५०० घरधुरी किसानलाई विभिन्न उन्नत जातको तरकारीको बीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए। जिल्ला सदरमुकाम खलंगादेखि करीब ३२ कोस टाढाको दूरीमा रहेको जुनिचाँदेको सबै वडामा उक्त शिविर भएको थियो। जिल्ला प्रशासन कार्यालयको आयोजना र स्थानीय तहको समन्वयमा यसअघि जाजरकोटको बारेकोट, कुशे, शिवालय र जुनिचाँदे गाउँपालिकामा बृहत् शिविर भइसकेको छ।

चारवटा स्थानीय तहबाट छ हजार ५५९ जनाले नागरिकता र फोटोसहितको मतदाता नामावली सेवा लिएका छन्। सदरमुकाबाट मात्र नागरिकता र फोटोसहितको मतदाता नामावलीको सेवा पाएका जाजरकोटका दूरदराजका स्थानीयवासीले घरआँगनमा सेवा पाएपछि खुशी भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । जुनिचाँदेबाट जाजरकोट सदरमुकाम आउन तीन दिन लाग्ने गर्दछ।
पहिलो पटक गाउँमा पुगेका सरकारी अधिकारीलाई स्थानीयवासीले प्रश्नको ओइरो लगाएका थिए। टेलिफोन, नागरिकता गाउँमा सधैँ पाइने अवस्था कहिले हुन्छ भन्दै प्रश्न गरेका थिए। दैलेखको सिमानासँग जोडिएको जुनिचाँदे गाउँपालिका जिल्लाको दुर्गम स्थानीय तहमा पर्दछ। जनयुद्धको समयमा कम्युनको अभ्याससमेत गरेको जुनिचाँदेका स्थानीयवासीले अहिलेसम्म सरकारी अधिकारी गाउँमा पुगेको नदेखेको बताएका छन्। बहुमूल्य जडीबुटी, खानीको भण्डार रहेको यहाँ चोरी–निकासी व्यापक भएको भन्दै प्रजिअ बस्नेतलाई नियन्त्रणका लागि पहल गर्न आग्रहसमेत गरिएको छ।

थाहा खबर बाट

प्रतिकृया दिनुहोस
Previous Post

बुवा सलिम खानले छोरा सलमान को विवहा नहुनुको कारण खुलासा गरेका छन् ।

Next Post

बेनीघाट -गोरखामा जीप दुर्घटना, ७ जना घाइते

Gatibidhi

Gatibidhi

Related Posts

समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

अन्तराष्ट्रिय

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अन्तराष्ट्रिय

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

अन्तराष्ट्रिय

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

समाचार

समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा

अन्तराष्ट्रिय

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

Next Post

बेनीघाट -गोरखामा जीप दुर्घटना, ७ जना घाइते

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.