Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

by Gatibidhi
१ जेष्ठ २०७६, बुधबार ०९:४१
0
138
VIEWS
Share on FacebookShare on Twitter

 फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले एथलेटिको मड्रिड  क्लब छाड्ने घोषणा गरेका छन् |
ला लागिअन्तर्गत आगामी शनिबार लेभान्टेसँगको खेलपछि उनले स्पेनिस क्लब एथलेटिको मड्रिड छाड्ने बीबीसीले लेखेको छ ।

ग्रिजम्यान रियल सोसिडाडबाट सन् २०१४ मा एथ्लेटिको मड्रिडमा आएका थिए । यो पाँच वर्षको अवधिमा उनले अहिलेसम्म एथ्लेटिको मड्रिडका लागि २५६ खेल खेलेका छन् र १३३ गोल गरेका छन् । उनी पछिल्ला पाँच सिजनमा क्लबका सर्वाधिक गोलकर्ता हुन् । उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपरकप पनि जिताएका छन् ।

२८ वर्षीय ग्रिजम्यानले ट्वीटरमा एक भिडियो पोष्ट गर्दै भनेका छन्, ‘मलाई धेरै माया दिएका दर्शकहरुलाई यो जानकारी दिन चाहान्छु कि अहिले म यो क्लब छाड्न लागेको छु । अरु कुरा हेर्न र अरु चुनौती लिन ।’


उनले थप भनेका छन्, ‘सत्य यो हो कि यो निर्णय लिन गाह्रो थियो । तर यो त्यही निर्णय हो जुन मलाई सही लाग्यो र मलाई आवश्यक थियो । यी वर्षको अवधिमा मलाई तपाईंहरुले जुन माया दिनुभयो त्यसका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।’

पाँच वर्ष एथलेटिको मड्रिडमा बिताएपछि गत वर्ष जुन महिनामा उनले फेरि सम्झौता नवीकरण गरेका थिए । तर, उनले बीचमै क्लब छाड्ने घोषणा गरेपछि उनको अन्तर्राष्ट्रिय फुटबल जगतमा चर्चा भइरहेको छ ।

ग्रिजम्यान एथलेटिको मड्रिडबाट बार्सिलोनामा जान सक्ने चर्चा छ । गत वर्ष नै बार्सिलोनाले उनलाई भित्राउन खोजेको थियो । तर, त्यतिबेला उनले अस्वीकार गरेका थिए । उनलाई भित्राउन चाहने क्लबले एथलेटिको मड्रिडलाई कम्तिमा १२० मिलियन युरो तिर्नुपर्ने बीबीसीले लेखेको छ ।

यो समर सिजनमा एथलेटिको मड्रिड छाड्न लागेका ग्रिजम्यान तेस्रो हाईप्रोफाइल खेलाडी हुन् । यसअघि डिफेन्डर लुकास हर्नान्डेजले वायर्न म्युनिख जान सहमति जनाएका थिए । साथै लामो समयको सेवापछि कप्तान डिएगो गोडिनले पनि एथलेटिको मड्रिड छाड्ने घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस
Previous Post

बेनीघाट -गोरखामा जीप दुर्घटना, ७ जना घाइते

Next Post

पहिलो महिला च्याम्पियन्स लिग क्रिकेट : कुन क्लबमा कुन खेलाडी ?

Gatibidhi

Gatibidhi

Related Posts

खेलकुद

ताप्लेजुङमा तेश्रो राष्ट्रिय पाथिभरा पुरुष भलिबल प्रतियोगिता हुने

खेलकुद

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

खेलकुद

पहिलो महिला च्याम्पियन्स लिग क्रिकेट : कुन क्लबमा कुन खेलाडी ?

Next Post

पहिलो महिला च्याम्पियन्स लिग क्रिकेट : कुन क्लबमा कुन खेलाडी ?

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.