Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

ट्वीटरले बन्द गर्‍यो डेढ लाख अकाउन्ट

by Gatibidhi
१ जेष्ठ २०७६, बुधबार ११:४०
0
45
VIEWS
Share on FacebookShare on Twitter

माइक्रो ब्लगिङ साइट ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा १ लाख ६० हजार भन्दा धेरै ट्वीटर अकाउन्ट बन्द गरिदिएको छ ।शून्य सहनशीलता नीति लागू गरेसँगै ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो ।

ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि ट्वीटरले यस्तो कदम उठाएको हो ।

आतंकवादप्रति ट्वीटरको शून्य सहनशीला नीति लागू भएसँगै आतंकवादी संगठनहरुले यो प्लाटफर्मको प्रयोग गर्ने दरमा तिव्र गतिमा कमी आएको दाबी ट्वीटरको रहेको छ ।

ट्वीटरको कानूनी, नीतिगत तथा सुरक्षा विभागका अधिकारीका अनुसार यो वर्ष सन् २०१८ को पहिलो ६ महिनाको तुलनामा पछिल्लो ६ महिनामा आतंकवादसँग सम्बन्धित ट्वीटमा १९ प्रतिशतले कमी आएको छ ।

अधिकारीका अनुसार निलम्बन गरिएका अकाउन्ट मध्ये ९१ प्रतिशत अकाउन्टका सामाग्रीहरु आपत्तिजनक रहेको तथ्य ट्वीटरको आन्तरिक प्राविधिक टूल्सले पत्ता लगाएको थियो ।

त्यस्तै, उक्त अवधिमा विश्वका विभिन्न ८६ देशका सरकारहरुले ट्वीटर समक्ष आफ्नो देशका ट्वीटर प्रयोगकर्ता सम्बन्धी सूचना माग गरेका थिए । त्यसरी माग गरिएकामध्ये ३० प्रतिशत माग अमेरिकी सरकारबाट प्राप्त भएका थिए ।

त्यस्तै ट्वीटरमा जानकारी उपलब्ध गराइदिन माग गरिएका अनुरोध मध्ये जापानबाट २४ प्रतिशत, भारत तथा जर्मनीबाट ६–६ प्रतिशत तथा फ्रान्सबाट ५ प्रतिशत रहेको ट्वीटरले जनाएको छ । त्यस्तै ट्वीटरले पहिलोपटक बुल्गेरिया, मेसेडोनिया तथा स्लोभेनिया लगायतका देशका सरकारहरुबाट समेत ट्वीटर अकाउन्ट सम्बद्ध जानकारी उपलब्ध गराउने अनुरोध प्राप्त गरेको छ ।

तर पछिल्लो समयमा विश्वका सरकारहरुद्वारा निश्चित ट्वीटर अकाउन्टहरुबाट सामाग्रीहरु हटाइदिनका लागि गरिने अनुरोधमा ८ प्रतिशतले कमी आएको ट्वीटरको भनाइ छ ।

अन्लाइन खबर बाट

प्रतिकृया दिनुहोस
Previous Post

गौतमबुद्ध विमानस्थलको काम सम्पन्नको लागि प्राधिकरणले ठेकेदारलाई दियो १० करोड

Next Post

एनसेलको ‘ट्राभलर्स सिम’

Gatibidhi

Gatibidhi

Related Posts

सुचना/प्रबिधि

ट्वीटरमा फोटो र भिडियोसहित रिट्वीट गर्न सकिने

सुचना/प्रबिधि

फेसबुक चलाउँदै हुनुहुन्छ ? बुँदा नं ९४ ख्याल गर्नोस् !

सुचना/प्रबिधि

नेपाल टेलिकमको एफटीटीएच सेवा सौराहामा पनि

सुचना/प्रबिधि

५० प्रतिशत भन्दा बडी मोबाइल फोनमा तीनवटा क्यामरा

सुचना/प्रबिधि

एनसेलको ‘ट्राभलर्स सिम’

सुचना/प्रबिधि

मोबाइलमा डिलिट भएका नम्बरहरु गुगलबाट यसरी प्राप्त गर्न सकिन्छ

Next Post

एनसेलको ‘ट्राभलर्स सिम’

युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर, एक जना पक्राउ

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

यी हुन् कहिलै प्रेममा धोका नदिने ५ राशि भएका युवतीहरु

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.