Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

प्रदेश २ सरकारले ल्यायो पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना हुने विधेयक

by गतिबिधी
२ जेष्ठ २०७६, बिहीबार १७:४१
0
42
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर– प्रदेश नम्बर २ सरकारले पत्रकारहरुलाई १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने विधेयक ल्याएको छ । केन्द्र सरकारले ल्याएको मिडिया काउन्सिल विद्येयकको चौतर्फी विरोध भैरहेका बेला प्रदेश २ सरकारले १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने विधेयक ल्याएको हो ।

बिहीबार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा प्रस्तुत गरेका छन् । उक्त विधेयकमा आमसञ्चारमाध्यम प्राधिकरण, मिडिया काउन्सिल, आमसञ्चार प्रशिक्षण, चलचित्र बोर्डको समेत व्यवस्था गरिएको छ । विधेयकमा पत्रकारले गल्ती गरेमा १ लाख रुपैयाँदेखि १ करोड जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

विद्येयकको परिच्छेद ३ मा आमसञ्चारमाध्यम प्राधिकरणको स्थापनाका लागि आमसञ्चार माध्यमको इजाजत, अभिलेखीकरण, अनुगमन तथा नियमन गर्न प्रदेश सरकारले प्राधिकरण स्थापना गर्ने उल्लेख छ । प्राधिकरण गठन भएमा प्रदेश सरकारले नियूक्त गरेका १ जना अध्यक्ष र २ जना सदस्य रहनेछन् । प्राधिकरणका अध्यक्ष र सदस्यहरुको पदावधि ४ वर्षको हुनेछ । प्राधिकरणको अध्यक्ष र सदस्यहरुको नियुक्तिका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजकत्वमा ३ सदस्यीय सिफारिश समिति समेत रहनेछ ।

त्यस्तै परिच्छेद ५ मा पत्रकारिताको पेसागत मूल्य, मान्यता, आदर्श र आचार अभ्यास अनुरुप उच्चतम आचरण कायम राखि स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बद्र्धन गर्ने उद्देश्य प्राप्तिका लागि सरकारले मिडिया काउन्सिल गठन गर्ने उल्लेख छ ।

काउन्सिल अध्यक्षसहित ४ सदस्यीय मध्ये २ जना महिला सदस्य रहि गठन हुनेछ । परिच्छेद ७ को ५५ औं दफामा आमसञ्चार सम्बन्धी अन्य व्यवस्था अन्तर्गत प्रकाशन तथा प्रसारण गर्न नहुने ८ वटा बुँदागत व्यवस्था गरिएको छ । त्यस्तै परिच्छेद ९ अनुसार चलचित्र तथा लोकसञ्चार प्रबद्र्धन बोर्ड गठन हुनेछ । यस बोर्डमा अध्यक्षसहित ५ सदस्यीय हुने व्यवस्था उल्लेख छ ।

रातोपाटी बाट

प्रतिकृया दिनुहोस
Previous Post

लगातार ४० घण्टा नृत्य गरी विश्व कृतिमान राख्ने श्रेष्ठ दिदीबहिनीको घोषणा

Next Post

आकाश र पूजा अभिनित म्युजिक भिडियो सार्वजनिक

गतिबिधी

गतिबिधी

Related Posts

समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

अन्तराष्ट्रिय

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अन्तराष्ट्रिय

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

अन्तराष्ट्रिय

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

समाचार

समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा

अन्तराष्ट्रिय

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

Next Post

आकाश र पूजा अभिनित म्युजिक भिडियो सार्वजनिक

तारा बाजी लै लै अर्थात् कपुर क २ को गीत मा प्रदीप र कविता (भिडियो)

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.