प्रदिप भट्टाराई निर्देशित शुक्रबारबाट रिलिज भएको चलचित्र ”जात्रै जात्रा”ले पहिलोसो बाटै सकारात्मक प्रतिकृया र उत्साहजनक रुपमा दर्शकको साथ पाएको छ ।
मध्यम बर्गिय सामान्य मानिसको जिवनमा आइपर्ने उथल्पुथल र आफ्नो पहुँचभन्दा माथीको सम्पतिले कती ठाउँ उल्झन सृजना गर्छ भन्ने कथा बोकेको चलचित्रमा विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया, वर्षा राउत, दयाहाङ राई लगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शको पहिलो सोमा विशेष प्रदर्शन गरिएको थियो भने चलचित्र हेरेपछीको अन्तर्कृयामा ‘जात्रै जात्रा’ राम्रो चलचित्र बनेको भन्ने सकारात्मक प्रतिकृया आएको थियो । चलचित्रका कलाकारहरु पनि आफुले आफ्नो भूमिकालाई न्याय गरेको र चलचित्र हेर्दा दर्शकको पैसा र समय को खेर नहुने बताउँछन् ।
सिनेपटी बाट