Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

by Gatibidhi
३ जेष्ठ २०७६, शुक्रबार ०८:४५
0
111
VIEWS
Share on FacebookShare on Twitter

नेपाल–इण्डिया फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्सो एण्ड कन्क्लेभको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले सरकारले लगानीको वातावरण बनाएको, नीतिगत सुधार गरेको तथा उच्च प्रतिफल र सुरक्षाकोसमेत प्रबन्ध गरेकाले लगानीका लागि नेपाल सुगम गन्तव्य भएको दावी गरे ।

नेपाल यतिखेर विदेशी प्रविधि र लगानीलाई भित्र्याएर आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्नेत्रममा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा खतिवडाले भने ‘हामीले कानूनी व्यवस्थामा आमूल सुधार गरेका छौँ । एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा आइसकेको छ । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनसमेत कार्यान्वयनमा आइसकेको छ ।’

संसारभर नै लगानीका लागि प्रसिद्ध भइसकेको फ्रेन्चाइज लगानीका लागिसमेत नेपाल उपयुक्त गन्तव्य हुन सक्ने अर्थमन्त्रीको जोड थियो । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सन्दर्भमा सेवामूलक उद्योगमा समेत लगानी विस्तार गर्ने सुगम अवसर रहेको पनि उनले बताए ।

नेपालको पर्यटन उद्योगमा निजी क्षेत्रको ठूलोमात्रामा लगानी रहेको जानकारी दिँदै अर्थमन्त्री डा खतिवडाले हरेक वर्ष पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएकाले थप लगानी विस्तार गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

सरकारले निकट भविष्यमा नै बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी कानूनसमेत ल्याउने तयारी गरेको उल्लेख गर्दै अर्थमन्त्रीले भने “बौद्धिक सम्पत्तिको सुरक्षा र ‘प्याटेन्ट राइट’ का विषयमा समेत सरकार गम्भीर छ । बौद्धिक सम्पत्तिको सुरक्षा हुन्छ र गरिन्छ ।’ उक्त कानूनको मस्यौदा तयार भइसकेको र सङ्घीय संसद्को चालू अधिवेशनमा नै प्रस्तुत गरिने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले सम्मेलनमा नेपाल र भारतका व्यवसायीबीच छलफल हुने भएकाले लगानीका थप अवसरको खोजीका लागिसमेत प्रभावकारी हुने धारणा राखिन् । नेपालको पर्यटन, उद्योग, अस्पताल, होटललगायत क्षेत्रमा लगानीको उपयुक्त गन्तव्य भएकाले पनि भारतीय लगानीकर्तालाई लगानी विस्तार गर्न उनले आग्रह गरिन् ।

‘नेपालमा हाल दुई तिहाइको बलियो र स्थिर सरकार छ, सरकारको एकमात्रै नारा आर्थिक समृद्धि हो, प्रधानमन्त्रीले त्यसैमा जोड दिँदै आउनुभएको छ । सरकारले सबै क्षेत्रमा निजी क्षेत्रलाई साथमा लिएर जाने प्रतिवद्धता समेत जनाएको छ’, अध्यक्ष राणाले भनिन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपालमा फ्रेन्चाइजमार्फत लगानी विस्तार गर्न सकिने विविध क्षेत्र रहेको र युवा जमात त्यसमा आकर्षित हुन सक्ने बताए ।

नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन पनि व्यापारिक सम्बन्धलाई नयाँ आधारमा विस्तार गर्नुपर्ने उनको जोड थियो । बुधबारदेखि शुरू भएको उक्त मेलामा व्यापारिक सोच र अवसरका बारेमा समेत जानकारी दिने लक्ष्यका साथ विभिन्न ४७ कक्ष रहेका छन् । कार्यक्रममा फ्रेन्चाइज इण्डियाका प्रधानसम्पादक ऋतु मारिया, फ्रेन्चाइजका जानकार सञ्जिव कपूरले व्यापारिक सोच र त्यसको उपयोगिताका बारेमा जानकारी गराएका थिए ।

प्रतिकृया दिनुहोस
Previous Post

बिहे हुन्छ भन्दा लाजये अन्मोल

Next Post

कामसूत्र अनुसार यस्तो पुरुषप्रति स्त्रीहरु हुरुक्कै हुन्छन्

Gatibidhi

Gatibidhi

Related Posts

समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

अन्तराष्ट्रिय

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अन्तराष्ट्रिय

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

अन्तराष्ट्रिय

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

समाचार

समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा

समाचार

प्रदेश २ सरकारले ल्यायो पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना हुने विधेयक

Next Post

कामसूत्र अनुसार यस्तो पुरुषप्रति स्त्रीहरु हुरुक्कै हुन्छन्

बिहान उठ्नसाथ तातोपानीमा कागती मिसाएर खानुको ५ फाइदा

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.