Gatibidhi.com
Advertisement
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद
No Result
View All Result
Gatibidhi.com
No Result
View All Result
bajaj pulsar 150

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

by Gatibidhi
३ जेष्ठ २०७६, शुक्रबार ०९:४२
0
240
VIEWS
Share on FacebookShare on Twitter

फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ ।

क्यानाडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताएका छन् ।

सन् २०१३ र २०१४ मा क्यानाडाले फिलिपिन्सको तटीय इलाकामा सयौं टन फोहोर फालेको थियो । फिलिपिन्सले उक्त फोहोर जतिसक्दो चाँडो फिर्ता लैजान क्यानाडामाथि दबाब दिँदै आएको छ ।

‘क्यानाडाले फोहोर लैजाने मे १५ को समयसीमा नाघेको छ । तत्काल क्यानाडाले काम शुरु नगरे हामी कुटनीतिक दर्जालाई घटाउनेछौं’, विदेश सचिव लोक्सीनले ट्वीटमा भनेका छन्

उनले क्यानाडामा रहेका फिलिपिन्सका राजदूतलाई तत्काल क्यानाडा छाड्न आदेश दिइएको पनि बताए।

मनिलास्थित क्यानाडेली राजदूतावासले उक्त विषय सुल्झाउन काम गरिरहेको जनाएको छ ।

क्यानाडाले सन् २०१३ र २०१४ को अवधिमा १०३ सिपिङ कन्टेनर फोहोर फिलिपिन्स पठाएको थियो । हालसम्म ३४ वटा कन्टेनरको फोहोर मात्र नष्ट गरिएको र बाँकी ६९ कन्टेनर फोहोर त्यतिकै राखिएको छ ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले क्यानाडाले फोहोर तह लगाउने सन्दर्भमा पर्याप्त कदम नचालेको भन्दै ती कन्टेनर क्यानाडा फिर्ता पठाइदिने बताउनुभएको छ ।

गत साता राष्ट्रपति डुटर्टेले फिलिपिन्स आइपुगेको फोहोर फिर्ता लैजान मे १५ को समयसीमा तोकेका थिए ।

फिलिपिन्सको एक अदालतले गत अप्रिल २४ मा फिलिपिन्स पुगेको फोहोर क्यानाडा नै फर्काउन आदेश दिएको थियो ।

सेतोपती बाट

प्रतिकृया दिनुहोस
Previous Post

समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा

Next Post

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

Gatibidhi

Gatibidhi

Related Posts

समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

अन्तराष्ट्रिय

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अन्तराष्ट्रिय

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

समाचार

समूदायलाई ८ करोड दिने अस्ट्रेलियाका मन्त्रीको घोषणा

अन्तराष्ट्रिय

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह

समाचार

प्रदेश २ सरकारले ल्यायो पत्रकारलाई १ करोड रुपैयाँसम्म जरिवाना हुने विधेयक

Next Post

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

सामाजिक सन्जालमा हामी

ताजा समाचार

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

  • Trending
  • Comments
  • Latest

Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)

“मेरो पहिलो यौन अनुभव” प्रियंका कार्की

यी ४ चिजसँग कहिल्यै महको सेवन गर्नु हुँदैन, नत्र महबाट हुने फाइदाको सट्टा हुनसक्छ घातक

अन्जु पन्त र रोशन अधिकारी स्वर रहेको गीत ‘झ्यालको पर्दा’ सार्वजनिक

आइपिएलको अर्को सिजनमा कुन टिमबाट खेल्छन् सन्दिप ?

ग्रिजम्यानले एथलेटिको मड्रिड छाड्ने घोषणा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

चुनाव प्रचारप्रसारका लागि सेलिब्रेटिहरु जनताको घरदैलोमा

दुबईमा विमान दुर्घटनाः विमानमा सवार सबैको मृत्यु

एसियाली सभ्यता संरक्षणमा चीनको चासो

अमेरिकासँग तत्काल वार्ता हुने सम्भावना छैन- इरानी विदेशमन्त्री

क्यानाडाले थुपारेको फोहोर फिर्ता नलगेपछि फिलिपिन्सले आफ्नो राजदूतलाई फिर्ता बोलायो

हाम्रो बारेमा

Gatibidhi.com

केन्द्रिय कार्यालय:
परफेक्ट मिडिया प्रा. लि.
काठमाडौं, नेपाल
सूचना विभाग दर्ता नंः ८२५|०७४|७५

हाम्रो टिम

सम्पादक/प्रकाशक :श्रीराम तिवारी
सम्बादाता :हरिहर बहादुर राजभण्डारी

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • बिजनेस
  • मनोरञ्जन
  • सुचना/प्रबिधि
  • जीवनशैली
  • रोचक विश्व
  • खेलकुद

© परफेक्ट मिडिया प्रा. लि. / Powered by WebHostNepal.