पछिल्लो समय जातजातिको मौलिक संस्कार, संस्कृति र सभ्यताको चासो बढ्न थालेको छ । अर्को, देशरूले पनि पछिल्लो समय संस्कृति र सभ्यताप्रति चासो बढाउन थालेका छन् । यसो हुनुमा विश्वव्यापीकरणका कारण संसारमा व्यापार तथा प्रविधि आदानप्रदानले सभ्यतामा समेत नजिकी ल्यायो । सबै कुराले विश्व एउटा गाउँजस्तै त बन्न पुग्यो तर ठूला, धनी तथा प्रविधि सम्पन्न राष्ट्रको सभ्यताले साना तथा कमजोर आर्थिक अवस्था भएका राष्ट्रका सभ्यतालाई अतिक्रमण गर्न थाल्यो । हुँदाहुँदा ती साना राष्ट्रका प्राचीन सभ्यता पनि धनी तथा प्रविधि सम्पन्न राष्ट्रका सभ्यताको मानकसँग तुलना गर्ने अवस्था आयो । यो मूलतः युरोपियन राष्ट्र तथा अमेरिकी राष्ट्रमा विकसित सभ्यताले अरू सबै विश्वका साना–ठूला सभ्यतालाई निल्ने अवस्था आयो ।
अझ पछिल्लो समयमा पश्चिममा सञ्चालित सभ्यताबाहेक अन्य सभ्यता असभ्य देखाउने प्रयास भयो । धर्मान्तरणले यो क्रमलाई अझ बढाउँदै लग्यो । यसले बाँकी विश्वमा चिन्ता बढाउँदै लगेको छ । यही कारणले एसियाली सभ्यताको महत्व विश्वमामु ल्याउने र त्यसको संरक्षणको उद्देश्यसाथ ‘एसियाली सभ्यता संवाद’ सम्मेन चीनमा सम्पन्न भएको छ ।
एसियाली सभ्यता संवाद सम्मेलनका उद्देश्य
चीनमा सम्पन्न भएको एसियाली सभ्यता संवाद सम्मेलन किन गरिए होला ? चीनको अगुवाइमा भएको सो सम्मेलमा श्रीलंका, सिंगाप्र, कम्बोडिया, मंगोलिया, ग्रिस अर्मेनिया लगायत ४७ देश तथा विभिन्न क्षत्रका विद्वानको संलग्नता रहेको सो सम्मेलन चीनको आयोजनामा भएको हो । यसको मुख्य नारा ‘एसियाली सभ्यताबीच आदानप्रदान तथा आपसी सिकाइ र साझा भाग्य समुदय’ तय गरिएको छ । गहन सभ्यता आदानप्रदान, एसियाली भाग्य एकरूपताको निर्माणको उद्देश्य अगाडि सारिएको छ । यसको उद्देश्यमा सभ्यताप्रति समान विचार, सम्मान र पारस्परिक अध्ययन बढाउनु पनि रहेको बताइएको छ ।
एसियाली सभ्यता संरक्षणमा चीनको चासो
एसियाली सभ्यता संरक्षणमा चीनले चासो अघि बढाएको छ । चीनले बीआरआई तथा विभिन्न समयमा भएका सम्मेलनमा साझा सभ्यताको प्रसंग उठाउँदै आएको थियो । दोस्रो बीआरआई सम्मेलनपछि भएको यो सम्मेलनमा चीनले हरेक सभ्यताको आआफ्नै महत्व र मूल्य मान्यता हुने भएकाले विभिन्न मुलुकसित एसियाली सांस्कृतिक सम्पदा संरक्षणमा चीनले चासो देखाएको राष्ट्रपति सी जिनफिङले बताएका छन् । उनले सांस्कृतिक सम्पदा संरक्षणमा एसिया तथा विश्वका लागि चीनले अझ ठूलो योगदान गर्नेछ भनेका छन् । चीनले एसियाका ४७ देश र एक हजारन्दा धेरै जातिको संस्कार तथा सभ्यतालाई एक ठाउँमा ल्याएर प्रवद्र्धन गर्ने बताएको छ । चीन आर्थिक रूपमा विश्व महाशक्ति राष्ट्र बन्ने बाटोमा रहेकाले एसियाको सभ्यताप्रति पनि सचेत छ र केही काम गर्न चाहन्छ भन्ने देखाउन चाहेको देखिन्छ । अर्को, चीनले बीआरआईलाई द्ु्रत गतिमा अघि बढाउन चाहेको छ । यो योजना सफल पार्न सभ्यता संरक्षणबाट सबैलाई एक ठाउँमा ल्याउन सकिने चीनले आशा गरेको देखिएको छ । अहिले विश्व व्यापार र संस्कृति अतिक्रमणका कारण एसियाली सभ्यता संकटग्रस्त हुँदै गएको छ । अझ गरिबी र विकासमा पछि परेका राष्ट्रमा धर्मान्तरण तीव्र गतिले बढिरहेको छ । यसले पनि चीनलाई सभ्यतातिर आकर्षित बनाएको छ ।
एसियाका साना राष्ट्रको सभ्यता अतिक्रमित हुने सम्भावना बढी
एसिया विश्वको एक तिहाइ भूगोल ओगटेको तथा दुई तिहाइ जनसंख्या भएको महादेश हो । यहाँ ४७ देश र एक हजारभन्दा बढी जातजातिको बसोबास छ । यो आफ्नै खाले सभ्यता भएको क्षेत्र हो । चीन र जापान तथा भारतसहित केही राष्ट्र आर्थिक रूपले सक्षम र प्रगतिउन्मुख रहे पनि अधिकांश राष्ट्र विपन्न तथा अविकसित छन् । अहिले एसियाका प्रायः सबै राष्ट्रमा विश्व व्यापीकरणको ठूलो प्रभाव पर्दै गएको छ । अर्को, प्रविधि भित्रने क्रममा संस्कृति तथा सभ्यतामा समेत प्रभाव पर्दै गएको छ । अझ ठूला धनी राष्ट्रका साथै आर्थिक रूपले विपन्न राष्ट्रमा सभ्यता नै मेटिने अवस्था आएको छ । पछिल्लो समयमा धर्मान्तरण तीव्र गतिले बढ्दा देशले आफ्नो पूरै मौलिकता नै गुमाउने खतरा बढेर गएको छ । एसियाली सभ्यतामा क्रिश्चियन धर्म प्रचारले जातजाति तथा विपन्न वर्गको अस्तित्व नै मेटिने अवस्था आएको छ । अर्को, साना तथा विपन्न राष्ट्रमा एसियाली धनी तथा ठूला राष्ट्रको व्यापरदेखि अन्य विभिन्न माध्यमबाट ससमेत प्रभाव पदै गएको छ । यसले एसियाको सिंगो सभ्यता त नष्ट नभए पनि देश र जातजातिका मौलिकता भने नष्ट हुने अवस्थामा पुगेका छन् । अब चीनले अघि सारेको योजना कसरी अघि बढ्ने हो ? या चीन एसियाका साना–ठूला सबै देश र जातजातिका सभ्यता संरक्षणमा लागिरहन्छ या आफ्नो व्यापार र बीआरआई जस्ता कार्यक्रम सफल पार्न मात्रै उपयोग गर्छ त्यो हेर्न बाँकी छ । साना तथा विपन्न राष्ट्र आफ्नो सभ्यता संरक्षण गर्न आफै चासो त दिनैपर्छ नै ठूला राष्ट्रका योजनाप्रति सचेत पनि रहनु अति आवश्यक छ ।
नेपाल तारा बाट