प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

पौष १, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड प्रधानमन्त्रिलाइ भेट्न शनिवार प्रधानमन्त्री निर्वास पुगी आपसी वार्ता गरेका हुन् ।

देउवा र प्रचण्डबीचको भेटमा निर्वाचनपछिको राजनीतिक घटनाक्रम, राष्ट्रियसभा गठनलगायतका विषयमा छलफल भएको बताइएको छ । श्रोतका अनुसार भेटमा प्रचण्डले निर्वाचनपछिको परिणामलाई सहज रुपमा लिन देउवालाई आग्रह गरेका छन् ।

निर्वाचन सम्पन्न भएसँगै नयाँ सरकार गठनको गृहकार्यमा रहेका माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यस अघि प्रचण्डले हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.