माओवादी केन्द्र भित्र बिबादै बिबाद, समानान्तर कमिटी गठन

पौष १, नेकपा माओवादी केन्द्र सल्यानको विवाद चुलियो, समानान्तर जिल्ला कमिटि संघिय प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनमा वामगठवन्धवाट सिटवाडफाटका विषयलाई लिएर दुई खेमामा विभाजित भएका नेकपा माओवादी केन्द्र सल्यानका माओवादीहरुको विवाद झनै चुलिएको छ । वाम गठवन्धनका उम्मेदवारका विरुद्धमा स्वतन्त्र उम्मेदवारीलाई समर्थन गरेका जिल्ला संयोजक कर्णवहादुर वुढाथोकी र अर्का जिल्ला नेता निमवहादुर केसी संयोजक रहेका दुई जिल्ला समितिको छुट्टा छुट्टै जिल्लामा वैठक वसेका छन् ।

निर्वाचनमा वामगठवन्धन विरुद्धमा गएको भन्र्दे जिल्ला संयोजक कर्णवहादुर वुढाथोकी लगायतलाई कार्वाहीकालागि प्रदेशमा सिफारिस गरिएको थियो वुढाथोकीको संयोककत्वमा वसको वैठकले विना विभागिय मन्त्री टेकवहादुर वस्नेत, पोलिटब्यूरो सदस्य नेववहादुर कँवर, रमेश मल्ल लगायतलाई कावाहीको लागि सिफारिस गरेको थियो ।

चुनावका समयमा एकले अर्कोलाई कार्वाही घोषणा गरेका नेताहरु अहिले समानन्तरण कमिटि वनाएर जिल्लामा गतीविधी गर्न थालेका छन् । यसै विच कर्णवहादुर वुढाथोकी संयोजक रहेको नेकपा माओवादी सल्यानको सचिवालयको वैठक पार्टी कार्यालय सल्यानमा सम्पन्न भएको छ ।

वैठक पछि एक प्रेस जारी गर्दे वुढाथोकीले जिल्लाको समस्या समाधान गर्न प्रदेश र केन्द्रीय कार्यालय लाई आग्रह गर्नु भएको छ । वुढाथोकीले जारी गरिएको प्रेस विज्ञप्तीमा निर्वाचनको विषयलाई लिएर विभाजीत भएको पार्टीलाई एकतावद्ध गर्ने कार्यमा सहयोग गर्न सवै सम्पूर्ण शहिद परिवार, सवै कार्यकता र शुभचिन्तकमा आग्रह गर्दछौ भनिएको छ ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.