साहित्यकार डा थपलिया सम्मानित

काठमाडौँ, २६ माघ (रासस): संसाक मासिक लगायतका विभिन्न संघसंस्थाले साहित्यकार डा सत्यराज थपलियालाई सम्मान गरेको छ ।

साहित्य खेलकुद समाज नेपाल, निपक्ष मिडिया प्रालि, गौरी पत्रिका रिलेशन एण्ड पब्लिकेशन र गोँगबु साहित्य समाजले नेपाली साहित्य क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका डा थपलियालाई सम्मान गरेको हो ।

डा सत्यराज थपलियाको संवाद काव्य रमा–सत्य संवाद तथा संसाक सत्यराज विशेष अंकको लोकार्पण समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा डा थपलियालाई नगद रु दुई हजार ५०० सहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्राडा जिवेन्द्रदेव गिरीले नेपाली भाषा, साहित्य, कला संस्कृतिको विकासमा थपलियाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले जीवनको उत्तरार्धमा पनि सक्रियताका साथ सिर्जना लेख्नुभएका थपलियाबाट नयाँ पुस्ताले पाठ सिक्नुपर्ने बताउनुभयो ।

विसं २००४ वैशाखमा नुवाकोटको लिखुमा जन्मनुभएका डा थपलियाका एक दर्जनभन्दा बढी कृति प्रकाशन भएको र झण्डै आधा दर्जन कृति प्रकाशोन्मुख अवस्थामा रहेका छन् । यस्तै उहाँले एक दर्जनभन्दा बढी पुरस्कार तथा सम्मान पाइसक्नुभएको छ ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.