हिन्दू संस्कृतिको संरक्षण गर्नेलाई मुख्यमन्त्री तोक्न माग

काठमाडौँ, २६ माघ (रासस): विश्व हिन्दू परिषद् नेपालले हिन्दू बाहुल्य प्रदेश नं २ को जनादेशको सम्मान हुने गरी मुख्यमन्त्री तोक्न माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष टीका पहाडी र परिषद् प्रदेश नं २ का संयोजक विनय यादवले जनकको भूमि, छिन्नमस्ता माई, गहवामाईको दिव्यभूमि, गढीमाई, विन्ध्यावासिनीलगायत हिन्दू सभ्यता र संस्कृतिको संरक्षणका लागि माग गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.