पपुवा न्युगिनीको भूकम्पमा ३१ को मृत्यु

पपुवा न्युगिनीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परेर ३१जनाको  मृत्यु भएको छ । सो भूकम्प ७.५ म्याग्निच्युडको मापन गरिएको छ ।

भूकम्प स्थानीय समयअनुसार सोमबार बिहान १ः४४ बजे गएको थियो । भूकम्पको केन्द्रबिन्दु पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा रहेको थियो । भूकम्प शक्तिशाली रहेकाले ठूलो क्षति भएको अनुमान गरिएको थियो । सो भूकम्पबाट मंगलबार बिहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धार अधिकारीहरूले जनाएका छन् । भूकम्पमा अझै केही हराइरहेका छन् ।

यस भूकम्पको विस्तृत विवरण अझै प्राप्त भएको छैन । भूकम्पले करोडौँ मूल्यबराबरको भौतिक सम्पत्ति क्षति भएको अनुमान गरिएको छ । भूकम्पबाट मेन्दी सहरका १३ र कुटुबु र बोसेभ सरहमा १८ जनाको मृत्यु भएको जनाइएको छ । उद्धारकर्मीहरूले मृतकको संख्या अझै बढ्ने अनुमान गरेका छन् । भूकम्पपछि दक्षिणी चिलीका सडकहरू चिरा परेका छन् भने पुलहरू भत्किएका छन् । सो क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा अवरुद्ध भएको जनाइएको छ । प्रभावित क्षेत्रमा सेना, प्रहरी र सर्वसाधारणले उद्धार गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.