नेपाल टेलिकमको होली अफर

नेपाल टेलिकमले होली पर्वको अवसर पारेर ग्राहकका लागि ‘होली अफर’ ल्याएको छ। जीएसएम मोबाइलका ग्राहकहरुले सो अफर उपयोग गर्न सक्नेछन्। अनलिमिटेड भ्वाइस नाइट कल कम्पनीले राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने अनलिमिटेड भ्वाइस नाइट कल अफर उपलब्ध गराउने भएको छ। सो अफर ३५ रुपैयाँमा खरिद गर्न सकिने छ र ३ दिनसम्म कल गर्न सकिने छ।

अनलिमिटेड अल टाइम डाटा
यसैगरी, ५० रुपैयाँमा अल टाइम अनलिमिटेड डाटा प्रयोग गर्न सकिने छ। डाटा खरिद गरेको २४ घण्टासम्म यसको प्रयोग गर्न सकिन्छ। एक जीबी डाटा थ्रिजी÷फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ।

अनलिमिटेड नाइट डाटा
एक रातका लागि मात्र प्रयोग गर्नका लागि अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध हुनेछ। सो नाइट डाटा प्याक १५ रुपैयाँमा राति १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ। एक जीबी डाटा थ्रिजी-फोरजीको गतिमा चल्ने छ। त्यसपछि भने २५६ केबीपीएसको गतिमा चल्ने छ।

अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस
अनलिमिटेड भ्वाइस, डाटा र एसएमएस अफर खरिद गरे पछि एक घण्टासम्म कम्पनीको नेटवर्क भित्र अनलिमिटेड कल गर्न, एसएमएस गर्न र डाटा चलाउन सकिने छ। सो प्याक २५ रुपैयाँमा खरिद गर्न सकिने छ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.