किन चाहान्छन दिपक पल र आंचलको बिबाह भाड्न

फाल्गुन १८, चैत ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो। कमेडी सिनहरुलाई बढी स्थान दिइएको ट्रेलरमा फिल्मका अधिकांश कलाकार फिचरिङ छन्। ट्रेलरमा दिपकराज गिरीले पल शाह र आंचल शर्माको विवाह भाड्न खोजेको देखिन्छ।

फिल्मले यसअघि दुई गीत सार्वजनिक गरिसकेको छ। दुवै गीतलाई दर्शकले खुबै रुचाइरहेका छन्। सार्वजनिक पहिलो गीत ‘रूपै मोहनी’ले युट्युबमा १ करोड भ्युज पार गरिसकेको छ भने दोस्रो सार्वजनिक गीत ‘पिरतीको बर्को’लाई पनि दर्शकले रुचाइरहेका छन्।

‘मह सञ्‍चार’को ब्यानरमा निर्माण भएको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन्। यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, प्रियंका कार्की, राजाराम पौडेल, पल शाह, आँचल शर्मालगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

किरण केसी प्रस्तुतकर्ता रहेको फिल्ममा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद रहेको छ। रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरि पौडेल फिल्मका निर्माता हुन्। दीर्घ गुरुङले खिचेको फिल्मलाई मित्र डी गुरुङले सम्पादन गरेका छन्।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.