कञ्चनपुरमा १० औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, खेल मानव जीवनको आधारभूत आवश्यकता ः सामाजिक विकास मन्त्री सोराडी

हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २० फागुन : कञ्चनपुरको बेलौरीमा आज आइतबार देखि १० औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । बेलौरी नगरपालिका वडा नं. २ मा रहेको लक्ष्मी मावि को खेल मैदानमा सञ्चालित सो प्रतियोगिताको प्रदेश नं. ७ का सामाजिक विकास मन्त्री दीर्घ सोराडीले उद्घाटन गर्नु भएको हो ।

१० औं संस्करणको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री सोराडीले स्वस्थ नागरीक बन्नका लागि खेलकुद महत्वपूर्ण रहेकाले खेल मानव जीवनको आधारभूत आवश्यकता रहेको उल्लेख गर्नु भयो । सात नम्बर प्रदेशका खेलाडीहरुले विश्वमा नेपालको पहिचान स्थापित गरेको भन्दै प्रदेश सरकारले खेलकुदका क्षेत्रमा आवश्यक लगानी गरेर सात नम्बर प्रदेशलाई खेलकुदबाटै चिनाउने योजना आफुले ल्याउने प्रतिबद्दता जनाउनु भयो । (आवाज)

यसैबीच कञ्चनपुर क्षेत्र नम्बर १ प्रदेश सभा २ का प्रदेश सभा सदस्य कुलबीर चौधरीले उक्त खेलकुद मैत्रीपूर्ण भावले सम्पन्न गरी यस १० औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताबाट अन्तर्राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी छनौट हुने विश्वास व्यक्त गर्नु भयो । उहाँले सात नम्बर प्रदेशमा सुदूर दक्षिणमा रहेको कञ्चनपुर क्षेत्र नम्बर १ मा थुप्रै समस्या रहेको हुँदा यी समस्या समाधान गरी नमुनाको रुपमा १ नम्बर क्षेत्रलाई परिचित गराउने जिम्मेवारी आफुहरुको रहेको बताउनु भयो । (आवाज)

१० औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता उद्घाटन सभाका सभापति समेत रहनुभएका जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङले खेलकुदलाई महत्व दिएर सहभागीहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै खेलकुदको नियम भित्र रहेर खेललाई व्यवस्थित तबरले सम्पन्न गर्न सबैलाई अपिल गर्नुभयो । (आवाज)

सोही कार्यक्रममा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बेलौरी नगर भित्र रहेका विभिन्न समस्याहरुलाई केन्द्रीत गर्दै १५ बुँदे ज्ञापनपत्र सामाजिक विकास मन्त्री दीर्घ सोराडी मार्फत प्रदेश सरकारलाई पेश गर्नुभएको छ । (ज्ञापन पत्र वाचन)

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा विष्ट धामीले १० औँ संस्करणको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न गर्न पुनर्वास नगरपालिकाको तर्फबाट आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्दता जनाउँदै प्रतियोगितामा संयमित भै आफ्नो प्रतिभा देखाउन सबै खेलाडीहरुलाई आह्वान गर्नुभयो । (आवाज)

तीन दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा कञ्चनपुरका ३ ओटै निर्वाचन क्षेत्रबाट विभिन्न विधाका लागि माध्यमिक तहका विद्यालयहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य नमराज शाहीले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.