नौ भाषामा संसद सदस्यको शपथ, नेपालीपछि मैथिलीमा धेरै

काठमाडौं, फाल्गुन २० : आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिए। भिन्नभिन्न पोसाकमा सजिएर संसद सदस्यको शपथ लिन आएका सदस्यमध्ये धेरैले नेपाली भाषामा शपथ लिए।

सांसदहरूले नेपालीसहित नौवटा भाषामा शपथ लिएका छन्। नेपालीबाहेकको भाषामा प्रतिनिधिसभातर्फ ३९ र राष्ट्रियसभा सदस्यतर्फ तीन सांसदले शपथ लिए।

प्रतिनिधिसभा 

  • हिन्दी- ७
  • मैथिली- १८
  • भोजपुरी- ७
  • अवधी- १
  • नेवारी- १
  • मगर- २
  • तामाङ- १
  • बज्जिका- १
  • उर्दू- १

राष्ट्रियसभा

  • मैथिली- २
  • बज्जिका- १

प्रतिनिधिसभामा एमालेका १२१, नेपाली कांग्रेसका ६३, माओवादी केन्द्रका ५३ सांसद छन्। त्यस्तै, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक/एक र स्वतन्त्र एक सांसद छन्।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.