म आँसुको सागरमा डुबे पनि तिमी हाँसिरहनु ‘रञ्जना’

कुनै बेला उनीहरु सँगै थिए, साथमा थिए दुवैजनाले साँचेका सुन्दर सपना । दुवैले मन मुटु एक बनाएर अंगालोमा बाँधिएका थिए । उनीहरूको जोडी देख्दा नेपाली चलचित्र नगरीमा धेरैले आरिस गर्थे ।

हुन पनि चोखो माया लाएर मन मुटु साटेका रञ्जना र श्याम कुनै बेला एक विना आफू जीवित कल्पना पनि गर्न नसक्ने अवस्थामा थिए । मायाको गहिरो सागरमा डुबेका उनीहरुको जीवनमा कुनै बेला आँधि हुरी आउने कुराको कल्पना पनि गर्न सकिन्नथ्यो ।

मान्छेको मन न हो, ठूलाठूला आँधीले छुन नसक्ने यही मनलाई कुनै बेला हावाको एउटा सानो झोंक्काले पनि बदलदिन सक्छ । शान्त तलाउमा जमेको पानीमा ढुंगा हानेजस्तै श्याम र रञ्जनाको मायारुपी सागरलाई पनि कसैले पत्तै नदिई विथोलिदिएछ ।

एक अर्काको माया विना जिउनै नसक्ने श्याम र रञ्जनाबीच ६३ को सम्वन्धमा ३६ को अवस्था आउँछ भन्ने उनीहरुले कल्पना पनि गरेका थिएनन् । समय न हो बदलाव आउन कति बेर पो लाग्छ र ?

जीवनको गोरेटोमा हातेमालो गर्दै हिंडिरहेका उनीहरुले अहिले एक अर्कालाई धारेहात लगाउने अवस्थामा पुगेका छन् । सँगै जिउने कसम खाएका उनीहरुको जीवनमा अहिले अरु कसैले स्थान लिइसकेको छ तर जो मनमा बसेको माया खरीले लेखेको अक्षर मेटिए जस्तो के मेटिन्थ्यो र ?

बिर्सेर फेरि मलाई नहेर

यहाँ एक जीवन आँसुमा डुब्छ

निको भैसकेको पुरानो त्यो घाउ

अनायासै फेरि बल्झेर दुख्छ

रञ्जनाको माया चुर्लुम्म डुबेका श्यामलाई कुनै बेला माया पिरतीका गीतमात्र फुर्थे अहिले अवस्थजा अर्कै छ । रञ्जनासँग छुटेपनि उनलाई माथिका जस्तै विरही गीत मन पर्छन् । सात जुनी सँगै बाँच्ने कसम खाएको प्रियतमले छोडेपछि उनलाई अलिहे नारायण गोपालका विरही गीतहरु प्रिय लाग्ने गर्छन् ।

अहिले पनि श्यामलाई रञ्जनाका तस्वीर पल्टाउँदा स्वर सम्राट नारायण गोपालले गाएका गीतहरुमा डुब्छन् । उनलाई लाग्छ, अब कसैले रञ्जनाको याद नदिलाओस् तर आफ्नै पापी मनले कहाँ मान्छ र उनकै यादले श्यामलाई पिरोलिरहन्छ ।

अनायास सम्वन्ध टुटेपछि त्यसको दोष श्यामले आफैंलाई दिन्छन् । आफूलाई छोडेर गएपनि श्यामले सम्वन्ध टुट्नुको दोष रञ्जनाको शिरमा थुपार्न चाहेका छैनन् ।

मायाको सागरमा डुबेका बेला श्यामले सायदै सोचेका थिएनन, रञ्जना फक्रेकी फूल थिइन्, जो कुनैबेला ओइलेर र्झछ । मायाले एकोहोरिएका श्याम आज त्यही कारण पछुताउँदै विरहका गीतमा रमाइरहेका छन् ।

रञ्जनालाई ‘जानकी’ सिरियलबाट नायिका बनाउँदा उनको मनमा कुनै लोभ थिएन, न त रञ्जनाबाट फाइदा लिऊँ भन्ने स्वार्थ नै । रञ्जनाका लागि अमेरिकाको भिसा लगाउन दौडधुप गर्दा समेत उनी स्वार्थी भएनन, गरे त एकोहोरो माया मात्र । निस्वार्थ माया गरेको श्यामको मन आज ऐनाजस्तै फुटेको छ, जसलाई जोड्न अब सायद सम्भव छैन ।

जीवनका विस्कुन पस्किरहेका श्याम विगतमा र्फकन्छन् । रञ्जनाकै लागि श्यामले साथीभाइ इष्टमित्र र परिवारका सदस्यलाई टाढा बनाए ।

आफ्नो करिअर भन्दा मायालुकै सुन्दर भविष्यको कल्पनामा रमाएका श्यामले सायदै सोचेका थिए, आफूसँगै चढेको डुंगामा एक्लै पारेर छोड्छिन् भन्ने । रञ्जनालाई एकोहोरो माया गर्दा आज श्याम सबैबाट एक्लिएका छन् ।

रञ्जना भने सात समुन्द्र पारीको कुनै बिरानो मुलुकमा रमाइरहेकी छन् । जीवनमा थुप्रै सपना र इच्छाहरु साँचेका थिए श्यामले । ती सबै सपनालाई रञ्जनाकै लागि उनले तिलाञ्जली दिए ।

सातजुनी नछाड्ने कसम आएर अमेरिका पसेकी रञ्जना श्यामको मिठो मायालाई मनको कन्तुरमा चावी लगाएर विरानो मुलुकमा हाँसिरहेकी छन्, यता श्याम भने आँसुको सागरमा डुबेर जीवन कटाइरहेका छन् ।

दुवैले एक भएर अञ्जुलीमा थापेको पानी कता पोखियो थाहा भएन । १७ बर्ष अघि सिनेमा नगरीमा आफ्नै बुताले प्रवेश गरेका यी निर्देशकले रञ्जनालाई अनावश्यक सिनेमा नखेल्न भने । सोही निहुमा उनी ७ महिना माइत बसिन् । आफ्नै देशमा त रञ्जना ठुस्सिदा फकाउन खासै गाह्रो परेन श्यामलाई ।

तर बिरानो मुलुकमा पुगेर चटक्कै माया मारिदिदा श्यामले न त फकाउन नै सके न त देश फर्काउन नै । श्यामलाई थाहा छैन यति साह्रो कठोर मन रञ्जनाले कसरी बनाइन् ? अहिले श्यामलाई लाग्न थालेको छ, रञ्जनाको सपना नै अमेरिका थियो, उनी त रञ्जनाका टेक्ने भर्‍याङमात्र ।

रञ्जनाले श्यामलाई आफ्नो अमेरिका सपना पूरा गर्ने हतियारमात्र बनाइन्, श्यामले भने उनको स्वार्थ पूरा गर्न एकोहोरो साथमात्र दिइरहे । बामे सर्दै नेपाली सिने नगरीमा छिरेकी रञ्जनाले श्यामसँगै ताते गर्न सिकिन्, जव उनी आफ्ना दुई खुट्टामा दह्रोसँग उभिन सकिन्, उनलाई श्यामको आवश्यकता किन पथ्र्यो र ? उनका लागि श्याम एउटा लठ्ठीमात्र तिथए, जो रञ्जानाका लागि अब जरुरी थिएन ।

घना जंगल पार गर्न श्यामको सहारा लिएकी रञ्जनाले सुन्दर बस्तीमा पुगेपछि भने श्यामलाई चटक्कै भुलिदिइन् । रञ्जना सुन्दर बस्तीमा रमाइरहँदा श्याम भने त्यही घना जंगलमा एकोहोरो कराइरहे तर किन सुन्थ्यो र विरानो भइसकेको त्यो मनले ।

निस्वार्थ एकोहोरो माया बाँडेका श्याम आज रञ्जनालाई अंगालोमा बेर्न सक्ने अवस्थामा छैनन् । जीवनको गोरेटोमा मन मिल्ने भेट्टएिमा उनी अनन्तसम्मको यात्रा गर्न चहान्छन् तर उनको मनमा अझै त्रास छ भेलबाढी आएको नदी तार्ने माझी ठानेर पुनः चोट दिन्छन् कि भन्ने । जीवन एउटा पाठशाला हो, जसले थुप्रै पाठ सिकाउँछ, जुन ज्ञान किताबमा पानाभित्र भेटाइदैनन्, श्यामले आफ्नो जीवनबाट यही कुरा सिकेका छन् ।

निर्देशक श्याम भट्टराई र एउटा निजी जीवन जिएको श्याम भट्टराइलाई सँगै डोर्‍याउनु उनका लागि पहाडको टाकुरा चढ्नु जस्तै भएको छ । चोटै चोट खाए पनि श्याम अहिले जीवनसँग खुशी हुन खोज्दैछन् । आफ्नो जीवनबाट उनलाई कुनै गुनासो छैन । रञ्जना एउटा मिठो सपना थिइन्, जो समयको कालखण्डसँगै आफंै हराइन् । तर पनि श्यामले आफ्नो जीवन अझै उचाईंमा पुग्ने विश्वास लिएका छन् ।

यसमा तपाईको प्रतिक्रिया दिनुहोस्

Comments are closed, but trackbacks and pingbacks are open.