ऋचाको ‘सुनकेसरी’ को ट्रेलर सार्वजनिक (भिडियो)
"SUNKESARI " Official Trailer || Reecha Sharma, Sunny Dhakal, Rabindra | Nepali Horror Movie
अभिनेत्री ऋचा शर्माको निर्माण र अभिनय रहेको चलचित्र ‘सुनकेसरी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । हरर जनरामा बनेको चलचित्रको ट्रेलर निकै डरलाग्दो छ । चलचित्रका कलाकार र भूतप्रेतको चहलपहललाई ट्रेलरमा प्रस्तुत गरिएको छ ।
ऋचा आफू पनि हरर चलचित्रको फ्यान रहेको बताउँछिन्। झन्डै २ करोड लगानीमा निर्माण भएको चलचित्रका निर्माता ऋचा शर्मा, भीम न्यौपाने, शर्मिला सापकोटा हुन्। चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्। अस्ट्रेलियामा सम्पूर्ण छायाङ्कन गरिएको चलचित्रमा ऋचाको अलावा रबिन्द्र झा, सन्नी ढकाल, लारेन लाफबर्ग लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगी रहेको छ भने रह शर्माको छायाङ्कन, इयान स्का्ट क्लेमेंटको सम्पादन रहेको छ। “सुनकेसरी” जेठ ११ गतेबाट रिलिज हुदैँछ।
Comments are closed, but trackbacks and pingbacks are open.